अर्घाखाँची मालारानी गाँउपालिका-९ का अध्यक्ष महेन्द्र बाबु खनालले आफूले पाएको सेवा सुविधाबाट विगत २ वर्ष देखि वडाका करिब ७२० घरको न्यूनतम बिजुली महसुल तिर्दै आउनु भएको छ। गाउँका धेरै जसो घरधुरीको विद्युत महसुल न्यूनतम नै आउने भएकाले करिब ९५% घरधुरीले विगत २ बर्ष देखि बिजुलीको महसुल तिर्नु परेको छैन भने उहाँ आफ्नो कार्यकाल भर नै यो काम गर्ने बताउनु हुन्छ ।
