सफल युवा व्यवसायी एम. बलाल

बुटवल ४ का सफल युवा व्यवसायी एम. बलाल:

बुटवल ४ लक्ष्मीनगरको हरियालीले घपक्कै छाेपिएकाे चुरेपहाडकाे काखमा, धेरैलाई प्राकृतिक आनन्द दिने “लक्ष्मी उद्यान” रहेको छ, जुन बाबुराम ढकालकाे अध्यक्षतामा विकास भैरहेको छ। साेही उद्यानकाे गेटनजिकै लक्ष्मी मा.वि. नजिकै पुस्तक व्यसायी संघकाे भवनमा व्यवसायी एम. बलालद्वारा सञ्चालित “एफ एफ सि रेष्टुरेन्ट एण्ड क्याफे” सञ्चालनमा छ।

लक्ष्मीनगरकाे सिरानमा प्राकृतिक मनाेरम वातावरणमा सञ्चालित याे क्याफेमा, घुमघाम गर्न गएकाहरु गपशप गर्दै, चिया कफिकाे चुस्कीलिदै आनन्द लिँइरहेकाे देखिन्छ। स्वच्छ र सुन्दर याे क्याफे सञ्चालन भएपछि त्याे ठाउँकाे रौनक पनि बढेकाे छ। दिनमा पनि प्रायः खाली देखिदैन। अनलाइन र फाेनबाट आउने विभिन्न थरीका नास्ताकाे अडर ठाउँठाउँमा पुर्‍याउन स्टाफहरु स्कुटीमा यता र उता दाेगुरिरहेकाे देखिन्छ।

“एफ एफ सि रेष्टुरेन्ट एण्ड क्याफे” का सञ्चालक एम. बलाल, गुल्मी जिल्लाका कालीगण्डकी गाउँपालिका फाेक्सिनबाट बुटवल ४ लक्ष्मीनगर आई धेरै वर्षदेखि बसाेवास गरिरहेका छन्। उनले १८ वर्ष साउदीमा बसेर क्याफेमा कामगरी अनुभव लिएर ६ वर्ष पहिला नेपाल फर्केर याे व्यवसाय थालेका हुन्।

एम. बलाल र उनकी पत्नी अफसरा असाध्यै मिठाे नम्र स्वभावका छन्। उनका दुई सन्तान छन् – एक छाेरा र एक छाेरी, जो दुबै पढाइका साथै बाबा आमालाई काममा सघाउँछन्। बलालले आफूसहित १० जनालाई राेजगार सिर्जना गरेका छन्।

उनकाे याे सफलता र कडा परिश्रमको कथा अन्य व्यवसायीहरुलाई प्रेरणा मिलोस भन्ने कामना गर्दछु। निरन्तर प्रगतिकाे शुभकामना!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights