ग्यास अभावका बीच अर्याल ग्यास सप्लायर्सको नियमित सेवा, उपभोक्तालाई राहत
बुटवल, रुपन्देही — नेपालमा पछिल्लो समय देखिएको खाना पकाउने एलपी ग्यासको अभावका बीच अर्याल ग्यास सप्लायर्स, बुटवलले उपभोक्तालाई नियमित रूपमा ग्यास सिलिन्डर उपलब्ध गराउँदै आएको छ।
ग्यासको अभावका कारण रुपन्देहीका विभिन्न स्थानबाट उपभोक्ताहरू ग्यास सिलिन्डर लिन अर्याल ग्यास सप्लायर्समा आउने गरेका छन्। अभावको समयमा पनि नियमित सेवा प्रदान गर्दै आएको भन्दै स्थानीय उपभोक्ताहरूले अर्याल ग्यास सप्लायर्सको सेवाप्रति खुशी व्यक्त गरेका छन्।
ग्राहकहरूको सहजतालाई ध्यानमा राख्दै अर्याल ग्यास सप्लायर्सले दुई दिन बाल मन्दिर हटबजार तथा वाणिज्य क्याम्पस, देवीनगरबाट समेत सेवा प्रदान गरेको थियो। यसले बुटवल तथा आसपासका क्षेत्रमा रहेका उपभोक्तालाई ग्यास सिलिन्डर प्राप्त गर्न थप सहज भएको छ।
अर्याल ग्यास सप्लायर्समार्फत मुख्य रूपमा लुम्बिनी ग्यास, बुटवल ग्यास, सिद्धार्थ ग्यास लगायत विभिन्न कम्पनीका ग्यास सिलिन्डर उपलब्ध हुँदै आएका छन्।
ग्यासको अभाव र बढ्दो मागका कारण सर्वसाधारणलाई दैनिक खाना पकाउन समस्या भइरहेका बेला अर्याल ग्यास सप्लायर्सले नियमित रूपमा सेवा जारी राखेपछि स्थानीय उपभोक्ताले राहत महसुस गरेका छन्।
उपभोक्ताहरूले यस्तो कठिन परिस्थितिमा ग्यासको नियमित आपूर्ति तथा वितरणलाई निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।
